बैतडीको दुर्गास्थान स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी–बैतडीको मेलौली नगरपालिका वडा.न २ स्थित दुर्गास्थान स्वास्थ्य चौकीको र्साजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

गत आर्थिक बर्षमा स्वास्थ्य चौकी बाट सम्पादन गरिएका काम र प्रदान गरिएका सेवाहरुको बारेमा जानकारी दिन शुक्रबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाले सञ्चालन गरेका कामहरुको बारेमा जानकारी दिइएको स्वास्थ्य चौकी प्रमुख टंक प्रसाद बागले जानकारी दिनुभयो ।

दुर्गास्थान स्वास्थ्य चौकीकोे सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका बागले बताउनुभयो ।

यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिनुभयो ।

दुर्गास्थान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं मेलौली नगरपालिका–२ का वडा अध्यक्ष कृष्ण दत्त भट्टकोे अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यपालिका सदस्य धाना चन्द, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका पदाधिकारी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.