बैतडी –बैतडीको मेलौली नगरपालिका-१ मा रहेको शीतलपुर माद्यमिक विद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार विद्यालयको ३८ औ बार्षिकोत्सव समापन समारोह कार्यक्रम सम्पन्न भएको हो ।विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य रुकुवा दयालको सभापतित्वमा सम्पन्न समापन समारोहका प्रमुख अतिथि नेपाल सरकारका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै भबिश्यका कर्णधारका रुपमा चिनीएका स साना बालबालीकालाई जिवन उपयोगी सिप ज्ञान र क्षमताका कुरालाई विषेश जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बार्षिक उत्सवका अवसरमा भएका बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधाजाध्यापक धन सिंह नायकले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयकका शिक्षक नरेश नेगीले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन शिक्षक राम सिंह नेगीले गरेका थिए ।मेलौली-१ शीतलपुरमा रहेको सो विद्यालयमा अहिले कक्षा १० मावितह सम्मको अध्यापन हुँदै आएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै विद्यालयको भावी योजनाहरूबारे समेत जानकारी गराइएको थियो।