पढाइ सकेर हातमा प्रमाणपत्र त ल्याएँ, तर अहिलेसम्म रोजगारी भने भेटिएको छैन। गाउँमा परिवारको अपेक्षा, समाजको नजर र आफ्नै भविष्यप्रतिको सपना–यी सबै बोकेर शहर छिरेको म, अहिले दोधारमा परेको छु।
कता मुल्ने हो, कुन बाटो रोज्ने हो—जिन्दगी यस्तै प्रश्नसँगै अगाडि बढिरहेको छ। कतिपय साथीहरू विदेशतर्फ लागेका छन्, कोही राजधानीमै संघर्ष गर्दैछन्, तर मेरो भाग्य अझै अस्पष्ट छ।
बेरोजगारीले आत्मविश्वास मात्रै होइन, जीवनको दिशा पनि बदलिदिन्छ। एकातिर परिवारको सपना पूरा गर्ने चाहना छ, अर्कोतिर अवसरको कमीले निराशा थपिरहेको छ।
तर यो दोधार नै जीवनको परीक्षा हो भन्ने विश्वास गर्नुपर्छ। यही संघर्षले नयाँ बाटो देखाउनेछ, यही कठिनाइले सीप र धैर्य सिकाउनेछ।
जिन्दगी अलमलमा भए पनि आशा भने बाँकी छ। अवसर ढिलै भए पनि आउनेछ भन्ने विश्वासले नै म अघि बढिरहेको छु।
भोजराज अवस्थी भुपि