बर्षाका कारण मेलौलीमा आठ घर पहिरोको जोखिममा

बैतडीको मेलौली नगरपालिका–५ मा स्थानीय बासिन्दाका सात घर पहिरोको उच्च जोखिममा परेका छन्। आइतबारदेखि मंगलबारसम्म परेको अविरल बर्षाका कारण स्थानीयहरुका घर पहिरोको उच्च जोखिममा परेका पूर्व वडा अध्यक्ष बलभद्र दयालले जानकारी दिनुभयो।

गोपालदत्त भट्ट, फणिन्द्र पन्त, विरेन्द्रसिंह पोखरेल, रघुवर साउँद लगायतका सात जनाको घर पहिरोको उच्च जोखिममा परेका उनले बताउनुभयो।

लगातारको बर्षाका कारण घरको आँगन पहिरोले बगाएको र घर पहिरोको उच्च जोखिममा परेको स्थानीय गोपालदत्त भट्टले बताए ।घर तलतिर खनिएको सडकका कारण पहिरो जोखिम निम्तिएको उनले बताउनुभयो। घर पहिरोको जोखिममा परेपछि अहिले आफू अर्को घरमा सरेको भट्टले बताउनुभयो।

यस्तै गएको हिउँदमा लाखौं रुपैयाँ खर्च गरेर घर बनाएका विरेन्द्र पोखरेलको घर पनि पहिरोको जोखिममा परेको छ। घरको आँगन पहिरोले लगेपछि घर पहिरोको जोखिममा परेको पूर्व वडा अध्यक्ष दयालले बताउनुभयो। ऋण काढेर घर बनाएका पोखरेल अहिले ऋण तिर्नका लागि भारतमा रहेका र घर भने पहिरोको उच्च जोखिममा परेको दयालले बताउनुभयो।

यस्तै यस्तै मेलौली नगरपालिका वडा न -१ झुसीलका स्थानीय डम्बर चन्दको घर पनि पहिरोको जोखिममा परेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.