बैतडीको मेलौली कोटिगाँउमा आज गौरा समापन गरिदैं

बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाँउमा आज गौरा (सेलाईने) समापन गरिने भएको छ। ‘अठ्यावाली’ एवं दुर्वाष्टमी मेलाको दिन गरिएको निणर्य अनुसार आज गौरा समापन गरिने भएको हो।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ। गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडा लगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको सस्कृतका जानकार विरुवा राम लुहारको भनाई रहेको छ।

Leave A Reply

Your email address will not be published.