बैतडी–बैतडीको मेलाली नगरपालिका–७ स्थित मणिलेक मावि काँडाकोे ७८औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ विहिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सिंह भाटको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुदुरपश्चिम प्रदेश सभा सदस्य शिवराज भट्ट् प्रमुख अतिथी रहेका थिए ।
यसैगरी कार्यक्रममा मेलौली मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द भुकम्प र शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिह साँउद, कार्यक्रममा बिशिष्ट अतिथि रहनु भएको थियो।
बार्षिकोत्सव समारोहमा कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विद्यालयको शैक्षिक, भौतिक र आर्थीक अवस्थाका बारेमा पनि प्रधानाध्यापक कलौनीले प्रकाश पारेका थिए।
पछिल्लो समय विद्यालयको शैक्षिक स्तरमा ह्रास आउदै गएकाले शिक्षक, बिद्यार्थी र अभिभावकहरुले शैक्षिक स्थिती सुर्धानका लागि बिशेष ध्यानदिनुपर्ने बताएका थिए ।
विद्यालयको शैक्षिक र आर्थीक अवस्थाका सुधारका लागि स्थानीय सरकारले पनि बिशेष भुमिका खेल्नुपर्ने प्रधानाध्यापक कलौनीले औल्याएका थिए।सबैको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै विद्यालयको चौतर्फी विकासमा लागिपर्ने प्रधानाध्यापक कलौनीको भनाई रहेको छ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्रा हरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको प्रधानाध्यापक कलौनीले बताउनुभयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य शिवराज भट्टले यस क्षेत्रको पुरानो र ठुलो विद्यालय मणिलेक मावि रहेकाले प्रदेशबाट हुने हरेक किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दले विद्यालय जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको स्मरण गराउँदै आगामी दिनहरूमा पनि यही स्तर कायम राख्न सबैलाई अनुरोध गरे।उनले विद्यालयको स्तर सुधारमा नगरपालिका बाट आफुले सक्दो सहयोग गर्ने बताए ।
यस्तै शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साँउदले मणिलेक मावि पठनपाठनमा मात्रै नभएर हरेक बिषयमा उत्कृष्ठ शिक्षा दिने थलो भएको बताउनुभयो। उनले भने, विद्यालयको गुणस्तर सुधारका लागि अभिभावकहरुको भूमिका अहम् हुन्छ।” प्राविधिक शिक्षा सहितको अध्यापनले जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित भएकोमा खुसी समेत व्यक्त गर्नुभयो।
अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको बताएका हुन ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्र भाट लगायत बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतितिनिधि, बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक,समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, स्वाथ्यकर्मी, र स्थानीयहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न जनचेतनामुलक र रमाईला सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।