जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा बैतडीका स्थानीय तहहरुले आज शोक बिदा दिएका छन्।
जिल्लाको पाटन नगरपालिका मेलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकाले सूचना प्रकाशन गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको उल्लेख गरिएको छ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनुपर्ने दुखदायी परिस्थिती सिर्जना भएको भन्दै पालिकाहरुले दुःख व्यक्त गरेका छन्। नागरिकको जीउधनको रक्षा गर्न, शान्ति सुरक्षा कायम गर्न र जेनजी पुस्ताका जायज माग पूरा गर्न पालिकाहरुले सरकारलाई अनुरोध समेत गरेका छन्।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा हिजो प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ भने कैयौं मानिस घाइते भएका छन्।