कृषि मन्त्री अधिकारीद्वारा राजीनामा

कृषी तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ। नेपाली काङ्ग्रेसको शेखर कोइराला पक्षधरबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिनुभएको हो।

चीन भ्रमणमा रहेका कोइरालाले आजै आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो। कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको पनि बताउनुभएको छ। काङ्ग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा कृषिमन्त्री अधिकारीसँगै पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन्।

यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताउनुभएको छ  महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत काङ्ग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.