बैतडीका कारागार तोडफोड र आगो लगाएर कैदीबन्दी भागेका छन्। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार राति साढे ८ बजेतिर कैदीबन्दी भागेका हुन् । यस कारागारमा ६२ जना कैदीबन्दी रहेका थिए।
दिउँसोदेखि बन्दीगृहमा आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीलाई सुरक्षाकर्मीले घण्टौं प्रयास गर्दा पनि असफल भएको हो। प्रजिअ पौडेलले भन्नुभयो,“बन्दीगृहभित्र आगजनी र तोडफोड गरेर आन्दोलित भएका कैदीबन्दीलाई रोक्ने प्रयास गर्दा समेत सकिएन्,अन्तमा गेटको ताला फुटालेर भागेका छन्।”
६२ जना कैदीबन्दी रहेका यस कारागारमा सबै भागेका बताइएको छ।
प्रमुख जिल्ला अधिकारीलगायतको सुरक्षाअधिकारी टोली कारागार कार्यालयमा पुगेको छ।