बैतडी : मेलौलीका जेन जी, एक्स, वाई र नागरीक समाजद्धारा सयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ। बिहीबार संयोजक सुरेन्द्र भट्टद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गरिएको हो।
विज्ञप्ति मार्फत मेलौली नगरपालिकासगं बिभिन्न मागहरु अघि सारिएको छ। मेलौली नगरपालिकाभित्र पछिल्लो दिनहरुमा भ्रष्टचार, बेतिथि, अनियमितता, कुशासन, दण्डहिनता, अपारदर्शी निर्णय र राजनितिक नियुक्तीजस्ता गम्भीर समस्या देखा परेको उल्लेख गरिएको छ।
मेलौली नगरपालिकाका गतिबिधि र प्रबृतीका कारण स्थानीय सरकारप्रति जनबिश्वास कम हुदै गईरहेको समेत बिज्ञप्ति मार्फत भनिएको छ। यसैगरी जनताको मतबाट निर्वाचित जनप्रतिनिधि र प्रशासनलाई सुशासन, परदर्शी र जवाफदेहिताको अपेक्षा व्यवहारमा उल्टो भएको बताईएको छ। सार्वजनीक सम्पतिको दुरुपयोग, पक्षपातपूर्ण निर्णय, योजना तथा बजेटमा अपारदर्शिता, राजनितिमा भागभण्डा र मनपरी नियुक्ती जनताको लागि अन्यायपूर्ण र अस्वीकार्य भएको ठहर गरेको छ।
हाल देशमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै मेलौली नगरपालिकाले नागरिक समाज, सरोकारवाला र जेन जी हरुले उठाएका मागहरु तत्काल समाधान गर्न आग्रह गरिएको छ। प्रेस बिज्ञप्ति मार्फत अघि सारिएका मागहरु समाधान गर्न आवश्यक कदम नचालिए जनस्तरबाट लोकतान्त्रीक आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाईएको छ।
जेन जी पुस्ताले देशभर सुरु गरेको प्रदर्शनमा मेलौलीमा पनि आन्दोलन गरिएको थियो। आन्दोलनका क्रममा जेन जी हरुले मेलौली नगरपालिकामा तालाबन्दीसगै कार्यालय अगाडी टायर बालेर प्रदर्शनका साथै बिभिन्न नाराबाजी गरेका थिए।
बिज्ञप्ति मार्फत अघि सारिएका मागहरु पुरा नहुञ्जेलसम्म मेलौली नगरपालिकाको कार्यालयमा लागेको ताला नखुल्ने जनाईएको छ।जारी गरिएको बिज्ञप्ति नगरपालिकाको कार्यालयका बिभिन्न ठाउँमा टास गरिएको छ।
बिस्तृतमा हेर्नुहोस् मागहरु।


