बैतडीमा कारागार तोडेर भागेका कैदी मध्ये १० जना प्रहरी नियन्त्रणमा

बैतडी-बैतडीमा कारागार तोडेर भागेका ६२ जना कैदी मध्ये १० जना कैदीहरुलाइ प्रहरिले नियन्त्रणमा लिइसकेको छ । ३ जना कैदी नभागेर कारागार प्रशासनमा बसेका र अन्य फरार भएका मध्ये ७ जनालाइ नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

गत मंगलबार राती बैतडी कारागार तोडफोड र आगजनी गरेर कैदीहरु भागेका थिए । कारागारबाट फरार भएका कैदीहरुलाइ खोज्न संयुक्त सुरक्षा टोलीले अप्रेसननै सञ्चालन गरीसकेको निरीक्षक पाण्डेयले बताउनुभयो ।

प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।कारागारबाट कैदीकन्दी भागेकाले अपराधिक घटनाहरु हुन सक्ने भएकाले सबैलाइ सजह रहन आग्रह गरीएको उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.