बैतडी : जेन जी पुस्ताको आन्दोलनमा बैतडीको शिवनाथका एक युवकको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–०२ मडैगाउका दिपक सिह साउदको मृत्यु भएको छ।
यहि भाद्र २३ र २४ गतेका दिन भएको आन्दोलनमा प्रहरीको गोली लागि घाईते भएका साउदको उपचारको क्रममा मृत्यु भएको छ। १८ वर्षीया साउदको उपचारको क्रममा शिक्षण अस्पताल माहाराजगञ्जमा शुक्रबार मृत्यु भएको छ।
अल्पायूमै देशको निम्ती ज्यान गुमाएका साउदको सम्मान र सम्झनामा शिवनाथ गाउपालिकाले शोकबिदा दिएको छ। भोली आईतबार गाउपालिकाभरीका सहकारी कार्यालय, विद्यालय र सघंसस्थाहरुका शोकबिदा दिएको गाउँपालिका अध्यक्ष कर्णसिह साउदले बताउनुभयो।
साथै गाउपालिकाले सरकारसगं मृतक साउदलाई राष्ट्रिय सहिद घोषणा र घरपरिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गरिदिन माग गरेको छ।
देशको लागि ज्यान गुमाएका साउदको परिवार शोकमा डुबेको छ।