बैतडीको मेलौलीका क्यान्सर पीडित चन्दको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह

बैतडी-क्यान्सर पीडित बैतडीको मेलौलीका एक पुरुषको उपचारका लागि सहयोग गरिदिन आग्रह गरिएको छ। मेलौली नगरपालिका –५ निवासी विरेन्द्र बहादुर चन्द (वीर)को उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोगको अपिल गरेको वडा न ५ पूर्व वडा अध्यक्ष बलभद्र दयालले बताउनुभयो ।

चन्द हाल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा सहयोग गरिदिन दयालले अनुरोध गर्नुभयो ।

उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको उहाँको भनाई छ।
आर्थिक सहयोग गर्न चाहनेले विरेन्द्र चन्दको सम्पर्क नम्बर ९७६६५६९१४७ मा फोन गरेर पनि सहयोग गर्नसक्नु हुने छ ।

Leave A Reply

Your email address will not be published.