जनचेतना आधारभुत विद्यालयको २८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिका १ स्थित जनचेतना आधारभुत विद्यालयको २८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव सिंह नायकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी प्रकाश सिंह साउँद रहेका थिए ।कार्यक्रममा विभिन्न संघसस्थामा आवद्ध कर्मचारी, जनप्रतिनिधी , अभिभावक , शिक्षक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक वीर सिंह नायकले गर्नुभएको थियो ।

उक्त विद्यालयमा कक्षा ८ सम्म पढाई हुने गरेको छ । सो विद्यालयमा ११९ जना विद्यार्थीहरु अध्ययरत छन । कार्यक्रममा पुस्कार वितरण र विभिन्न साँस्कृतिक प्रस्तुती समेत रहेका थिए ।

Leave A Reply

Your email address will not be published.