सर्जक कबिन्द्र साउँदले ल्याए स्वर्गीय बुवाको सम्झनामा देउडा गित

बैतडी : देउडा सर्जक कबिन्द्र साउँदले देउडा गित बजारमा ल्याएका छन। शिवनाथ गाउँपालिका–०२ शर्माली फट्केढुङ्गा घर भई हाल दुबैमा रहेका साउँदले स्वर्गीय बुवाको सम्झनामा देउडा गित बजारमा ल्याएका हुन।

“बाबा हजुरकी सम्राई” बोलको देउडा गित गायक गोपाल दयालले गाएका छन। सर्जक साउँदको शब्द तथा लय रहेको गित गोपाल दयाल युटूब च्यानलबाट सार्वजनीक गरिएको छ।

बिआर ईशिका म्यूजीकमा तयार भएको गितलाई नारायण दङ्गालले एरेन्ज गरेका छन। गितका मिक्स माष्टर मनोज परियार हुन।

गितमा शब्द मार्फत बाबा प्रतिको माया, बाबाको अभाव र प्रेमलाई चित्रण गरिएको छ। गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन सर्जक साउँदले आग्रह गर्नुभएको छ।

गित सुन्न तलको लिङ्कमा क्लीक गर्नुहोस्।

Leave A Reply

Your email address will not be published.