बैतडीको मेलौलीमा नगरस्तरीय मा.वि तह हाजिरीजवाफ सम्पन्न

बैतडी : मेलौलीमा नगरपालिका स्तरीय मावि तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। मणिलेक नमुना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।

मणिलेक नमुना माध्यमिक विद्यालयमा सञ्चालित विज्ञान विषय प्रवर्धन कार्यक्रम अन्तर्गत प्रतियोगिता सम्पन्न भएको प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिनुभयो। प्रतियोगितामा पालिकाभरीका १२ माध्यमिक विद्यालय मध्ये ८ विद्यालय सहभागि भएका थिए।

प्रतियोगितामा शितलपुर मावि प्रथम, माणिके नमुना मावि दित्तीय, धर्मघर मावि तृतीय र केदारेश्वर मावि सान्त्वना स्थान आउनुभएको शिक्षक माहादेव ओझाले बताउनुभयो। प्रथम, दित्तीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैया पुरुस्कार प्रदान गरिएको ओझाले बताउनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशबसिह भाट्को अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिकाका शिक्षा शाखा प्रमुख मनु क्षेत्री रहनुभएको थियो। यसैगरी बिशिष्ट अतिथिमा मेलौली नगरपालिकाका प्रशासन अधिकृत सपना कार्की रहनुभएको जनाईएको छ। प्रतियोगितामा विभिन्न विद्यालयबाट शिक्षकहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी, बिभिन्न सघंसस्थामा आवद्ध कर्मचारी लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतियोगितामा कक्षा १० सम्मको विज्ञान विषय तथा विज्ञानसगं सम्बन्धीत समान्यज्ञानबाट प्रशनहरु समाबेश गरिएको प्रधानाध्यापक कलौनीले बताउनुभयो। प्रतियोगितामा प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी सहभागि भएका थिए।

Leave A Reply

Your email address will not be published.