बैतडी अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी–जिल्ला अस्पताल बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।यही असोज ४ गते शनिबारका दिन शिविर सञ्चालन हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले जानकारी दिनुभयो।

सीएमसी नेपालको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालनको तयारी गरिएको डा। विकले बताउनुभयो ।

मानसिक स्वास्थ्यका बिरामीहरुलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिन लागेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । शिविरमा मनोरोग बिशेषज्ञ डा।विवेक रेग्मीले सेवा दिने जनाइएको छ ।

शिविरमा डिप्रेशन, एन्जाइटी, निद्रा नलाग्ने, मन आत्तिने लगायतका मानसिक रोगहरुको चेकजाँच तथा उपचार हुने भएकाले शिविरमा आएर सेवा लिनका लागि आग्रह गरिएको छ ।

शिविरमा बिरामीको चेकजाँच निशुल्क गरिनुका साथै नेपाल सरकारबाट प्रदान हुने औषधिहरु निशुल्क उपलब्ध गराइने अस्पतालका प्रमुख डा। विकले जानकारी दिनुभयो ।मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेकाले मानसिक स्वास्थ्य शिविर हरेक महिना सञ्चालन गर्ने योजना रहेको उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.