कैलालीमा ढुङ्गाले हानेर एक जना साधुको हत्या गरिएको छ।
कैलालीको गोदावरी नगरपालिका–४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका साधु रामनारायण डगौराको हत्या गरिएको हो।
बुधबार रातिको समयमा ढुङ्गाले हानेर साधुको हत्या गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ बर्षीय साधु डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ।
मृतक साधु रामनारायण गएको १६ बर्षदेखि उक्त कुटीमा बस्दै आएको थिए। मालाखेती प्रहरीले साधु मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ।