भारतको कोलकातामा पानीमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर कम्तीमा १० जनाको ज्यान गएको छ। १२ घण्टा सम्म परेको पानीले शहरको ठूलो भाग डुबानमा पारेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। यसले जनजीवन प्रभावित भएको छ। जसले गर्दा गाडीको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका छन्।
बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनाहरूमा ज्यान गउको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा २५१।४ मिलिमिटर वर्षा भएको छ। वर्षाले कोलकाता विमानस्थलमा पनि उडान सञ्चालनमा असर पारेको छ। रिपोर्टहरूले १०० भन्दा बढी उडानहरू प्रभावित भएको, ६२ रद्ध गरिएको र ४२ अन्य ढिलाइ भएको बताएको छ।