बैतडी: हिन्दु नेपालीहरुका ठुला महाच चाँड दशै र तीहारको मुखमा गाउँ फर्किने नागरिकहरुले सास्ती भोग्नु परेको छ। वर्षातपछि सफा नगरिएका अस्तव्यस्त सडकले नागरिकहरुले सास्ती भोग्नुपरेको हो। अहिले बैतडीका अधिकासं ग्रामिण सडकहरुको अवस्था यस्तै छ। वर्षातपछि सडकहरु सफा नगरिदा दशैमा घर फर्किनेहरुले सास्ती भोग्नुपरेको हो।
गाउँमा विकासको उत्साह बोकेर घर फर्किने नागरिकहरु सामान्य सडक समेत सफा नभएको देख्दा निरुत्साहित भइरहेका छन्। गाउँमा सडक पुग्दा खुसि लागेको थियो तर यस्तो सडकले घर पुगिन्छ कि पुगिदैन भन्ने चिन्ता पनि उतिक्कै हुने गरेको यात्रुहरुले बताउनुभयो।
सडकमा गएको सामान्य पहिरो समेत नपन्छाउदा गाडी चलाउन समेत मुस्कील हुने गरेको गाडी चालकहरुको भनाई रहेको छ। स्थानीय तहहरुले भने आफुहरुले सडक सफाको कामलाई तिब्रता दिएको दाबी गर्ने गरेका छन्।