प्रसिद्ध कफाडी जाँतः यहि असोज १४ गते रतेडी मेला लाग्ने

बैतडी : प्रसिद्ध उदयदेव महाराज देवताको मन्दिरमा यहि असोज १४ गते मेला लाग्दै छ। शिवनाथ गाउँपालीका–०५ कफाडीमा रहेको उदयदेव देवताको मन्दिरमा १४ गते राती रतेडी र १५ गते दिउँसेडी मेला लाग्ने उदयदेव धार्मीक सेवा समिति अध्यक्ष मान बहादुर चन्द जानकारी दिनुभयो।

रागाँ बोकाको बलिसहितको मेला विजया दशमिको पुर्व सन्ध्या तथा अष्टमिको राती रतेडी र नवमीका दिन लाग्ने दिउँसेडी मेला लाग्ने गर्छ। उक्त मेलालाई स्थानीय भाषामा (कफाडीकि जाँत) भनेर चिनिने उदयदेव धार्मीक सेवा समिति अध्यक्ष चन्दले बताउनुभयो।

मेलामा तल्लो स्वराड क्षेत्रका तिनै पालिका मेलौली नगरपालीक, शिवनाथ गाउँपालीका र पञ्चेश्वर गाउँपालीकाबाट रागाँ बोका सहित देउरा आउने गर्छन। यसैगरी पाटन नगरपालिका, दशरथचन्दँ नगरपालिका, दार्चुलाको गोकुलेश्वर लगायत छिमेकि राष्ट्र भारतबाट समेत मेलामा देउरा दर्शनार्थी आउने गरेको वडा अध्यक्ष केशव बहादुर चन्दँले बताउनुभयो।

मेला हेर्न र देवताको दर्शन गर्न टाढाबाट दर्शनार्थीहरु आउने गरेको छन। उदयदेव देवताको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्नुका साथै नि सन्तान दम्पतीलाई सन्तान प्राप्ती हुने धार्मिक बिश्वास रहेको छ।

उदयदेब देवताको मन्दिरमा असोज नवरात्रा, चैत नवरात्रा, फागुन, जेठ, पुस महिनामा मेला र भाद्र महिनामा गौरा मेला लाग्ने गर्छ। असोज नवरात्राको समयमा लाग्ने मेलामा भारतबाट पनि ब्यापारीहरु ब्यापार गर्नको लागि पुग्ने गरेका छन।

मेलालाई सभ्य, भब्य र शान्त बनाउनु सबैमा आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!