बैतडी –बैतडीमा बसको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ ।
दशरथचन्द राजमार्ग अन्तरर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिए ।
देहिमाण्डौ मेला हेरी घर फर्कीदै गरेकी महिलालाई सतबाँज बाट देहिमाण्डौ जादै गरेको बसले ठक्कर दिएको हो । घटनाका विषयमा थप बिबरण आउन बाकीँ छ ।