दार्चुलामा चरेस सहित एक जना पक्राउ

दार्चुला-दार्चुलामा चरेस सहित एक जना पक्राउ परेका छन।

जिल्लाको दुहु गाउँपालिका–६ झोलुङ्गे पुलबाट सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम पक्राउ परेका हुन। उनको साथबाट प्रहरीले शनिवार ४८० ग्राम चरेस फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!