बैतडी-बैतडीको पाटन नगरपालिका वडा नम्बर–१ सकारका हिमाल भट्टराईले ६ हजार ४७ मिटर अग्लो मेरा शिखरको सफल आरोहण गरेका छन् ।
भट्टराईले असोज १५ गते बिहान १०ः१२ बजे एकल आरोहीको रुपमा मेरा शिखरको सफल आरोहण गरेका हुन ।
आरोहणमा गाइड ओन्छु शेर्पाले लजिस्टिक र सुरक्षाको जिम्मा सम्हालेका थिए ।
सफल आरोहण पछि भट्टराईले यो उपलब्धिलाई व्यक्तिगत सपना मात्र नभई सबै नेपाली युवालाई प्रेरणा दिने सन्देशको रूपमा लिएको बताएका छन ।नेपालको पर्वतारोहण क्षेत्रमा भट्टराईले प्राप्त गरेको यो उपलब्धिलाई बैतडी सहित सुदूरपश्चिमका लागि गौरवपूर्ण मानिएको छ ।
साहस र दृढ संकल्प भएमा बैतडी जस्तो टाढाको जिल्लाबाट आएको व्यक्तिले पनि हिमालयको शिखरमा पुग्न सक्छ भन्ने सन्देशका रुपमा समेत यसलाई लिन सकिने आरोही भट्टराईले बताएका छन्।