बैतडी: बिजया दशमी अर्थात नवरात्राको समयमा बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन्। दशैंको घटस्थपनादेखि पूर्णिमासम्मको अवधिमा जिल्लाभरीका बिभिन्न धार्मिक स्थलमा दर्शनार्थीहरुले दर्शन गरेका हुन।
जिल्लाका प्रसिद्ध मेलौली भगवती मन्दिर, शिवनाथ मन्दिर, उदयदेब (कफाडी मेला) निङ्गलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनी लगायतका शक्तिपीठहरुमा दर्शनार्थीहरुले दर्शन गरेका हुन्। यस्तै सिगास, केदार, उदयदेव पाटन, अनिरुद्र, डाँडाबाघ, गणमेश्वर, देवताल, महारुद्र र दोगडाकेदार लगायतका मन्दिरहरुमा समेत हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन्।
शक्तिपीठहरुमा दशैंको समयमा बलिसहित जात्रा हुने भएकाले भाकलसहित दर्शनार्थीहरु पुग्ने गरेका छन। जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुले समेत दर्शन गरेका छन।
दशैँको समयमा घटस्थापनादेखि पूर्णिमासम्म देवीका मन्दिर तथा अन्य मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। बसाईसराइ गरेर गएकाहरु समेत थातथलोमा फर्कने भएकाले दशैँको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको स्थानीय संंस्कृतिका जानकार बिरुवा राम लुहारले बताउनुभयो।
नवरात्राको समयमा लाग्ने मेला सकिएपनि बैतडीको तल्लो स्वराडका बिभिन्न शक्तिपीठहरुमा लाग्ने मेला बाकि नै रहेका छन। मेलौली भगवती मन्दिरमा लाग्ने मेला देहिजाँत, शिवनाथ जाँत, धुरा मेला, दे गडा् मेला लगायतका प्रसिद्ध मेलाहरुको चलहपहल सुरु भईरहेको स्थानीय संस्कृतिका जानकार लुहारले बताउनुभयो।
यि मेला तिहार सकिएसगै सुरु हुन्छन।