बैतडी- आतबार राति देखी सोमबार दिउसो सम्म परेको भारी वर्षाले डडेलधुराको परशुराम नगरपालिकाको ५ र ६ मा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको परशुराम नगरपालिका न. ६ का स्थानिय तथा परसुराम, आलिताल र भागेश्वरका डोटेली ढेउडा प्रतिष्ठानका संयोजक राम नाथले बताउनुभयो ।

सम्पुर्ण वडा बासीका करिब ६०/ ७० विघामा लगाएको काटेको र काट्न बाँकी रहेका धान पुर्ण रुपमा नष्ट भएको स्थानियहरुले बताउनुभयो ।
आफ्नो मात्रै सात बिघा खेतमा लगाएको धान काटेर स्याहार्ने बेला आतबार राति र सोमबार दिउसो सम्म परेको भारी वर्षाले भिजाएर ठूलो क्षति भएको नाथको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निरास पारेको छ ।
भारी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । हाँका करिब ९० प्रतिशत किसानका धानबालीमा क्षति पुगेको नाथले बताउनुभयो । यसरी क्षति भए पछि यहाँका किसानलाई अब के खाने भन्ने चिन्ता बढेको छ ।