बैतडीसहित पहाडी जिल्लामा खर काट्ने समय सुरु, वर्षाले समस्या

बैतडी: बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने समय सुरु भएको छ। गत बिगतका वर्षहरुमा यतिबेला खर (गाज्यो) काट्ने चटारो हुने गरेको भएपनि यो वर्ष लगातारको वर्षाले समस्या भईरहेको छ।

हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि बैतडीसहितका पहाडी जिल्लामा खर काटेर थुपार्ने चलन रहेको छ। असोज पहिलो सातादेखी नै खर काट्ने चटारो हुने गरेको भएपनि वर्षाले समस्या भएको मेलौली नगरपालिका–०८ की कमला लुहारले बताउनुभयो। असोज कार्तिकमा महिलाहरु दिनभरी खर काट्नमा व्यस्त हुने र पानि खाने समय समेत नहुने उहाँले बताउनुभयो।

अलिअलि काटेको खर वर्षाका कारण बिग्रेको जनाईएको छ। मंगलबार र बुधबार एक्कासी परेको पानीले खरफागलमा काटेको खरमा क्षति पुर्याएको छ। वर्षा कम भएर घाम लागेसगै फेरी खर काट्न सुरु हुने पाटन नगरपालिका–०१ सकारकी कल्पना विकले बताउनुभयो।

सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरु हिउँदमा वस्तुभाउलाई खुवाउन खर काटेर थुप्रो बनाउने गर्छन। कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ।

तिहारको चहलपहल पनि सुरु भएसगै किसानहरुलाई धान भित्र्याउने र खर काट्ने कामको चटारो हुने गरेको स्थानिय संस्कृतिका जानकार बिरुवा राम लुहारले बताउनुभयो। भिरमा खर काट्ने बेला लडेर कतिपय महिलाहरुले अकालमै ज्यान गुमाउने गरेकाले सर्तकता अपनाएर खर काट्न लुहारले आग्रह गर्नुभएको छ।

यसैगरी गाउँघरमा दशैं तिहार लगायत बिभिन्न मेलाहरुको लागि परदेशीएका दाजुभाई आउनाले चहलपहल बढेको लुहारले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.