मेलौलीका औषधि पसलहरुमा अनुगमन

बैतडी : मेलौलीमा सञ्चालनमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ। मेलौली नगरपालिकाका नगर उपप्रमुख पार्वती बोहरा बिष्टको संयोजकत्वमा बिहीवार अनुगमन गरिएको हो।

मेलौली ७ काडाँ बजारमा सञ्चानलमा रहेका मेडिकल, फार्मेसी र आयुर्वेदिक पसलहरुमा अनुगमन गरिएको नगर उपप्रमुख पार्वती बोहरा बिष्टले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत सपना कार्की, नगरपालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागितामा अनुगमन गरिएको जनाईएको छ।

अनुगमनका क्रममा औषधि पसलहरु अनुमति बिना सञ्चालन रहे/नरहेको, औषधि बेच्ने ईजाजत लिए/नलिएको, म्याद नाघेका औषधि भए/नभएको लगायत जाँच गरिएको छ। अनुगमनको क्रममा औषधि पसलहरुमा देखिएको कमी–कमजोरीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले बताउनुभयो।

यसैगरी औषधि पसल मापदण्ड अनुसार सञ्चालन गर्न सबै औषधि व्यवसायीहरुलाई निर्देशन दिइएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!