गायक मल्लको “भरियो जोवन” सार्वजनीक

बैतडी : लोक तथा देउडा गायक धर्मेन्द मल्लको नयाँ गित “भरियो जोवन” सार्वजनीक भएको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको हो।

गायक मल्लको स्वर शब्द र लय रहेको गितमा गायिका गौरी भट्टले स्वरमा साथ दिनुभएको छ। गितलाई म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गायक मल्लले जानकारी दिनुभयो। मनोज परियार मिक्स माष्टर गितको गितलाई गोपाल दयालले एरेन्ज गर्नुभएको हो।

डिफ्युज फिल्म स्टुडीयो डडेल्धुराले पोष्ट प्रोडक्सन गरेको भिडियोमा रक्की चन्द (राजु) र संगिता मल्लले सुन्दर अभिनय गर्नुभएको छ। सुर्यप्रकाश धामीले सम्पादन तथा निर्देशन गरेको भिडियो गायक मल्लको गाउँ डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ राजुलमा खिचिएको हो।

माया प्रेममा आधारीत गितको भिडियोमा राजुलका स्थानीयहरुले मज्जाले देउडा खेलेका छन। गित तथा भिडियो हेरि आवश्यक सल्लाह सुझाव दिन गायक मल्लले आग्रह गर्नुभएको छ।

 भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला।

Leave A Reply

Your email address will not be published.