किशोरी करणी अभियोगमा किशोर पक्राउ

बैतडीमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाटन नगरपालिका-६ भडाली बस्ने १९ वर्षीय रोहित लुहारलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । ।

रोहितले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । ।

Leave A Reply

Your email address will not be published.