बैतडीको मेलौली खलिगाडमा खुल्ला भलिबल प्रतियोगिता सुरु

बैतडी : मेलौली नगरपालिका–०५ खलिगाडमा यू–२० खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ। वडाका युवाहरुले सयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता दुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको हो।

कार्यबहाक वडाध्यक्ष प्रेम बहादुर चन्दले प्रतियोगिताको उद्घाटन गर्नुभएको जनाईएको छ। उद्घाटन समारोहमा दुर्गा माध्यमिक विद्यालयका प्रार्चाय पदमराज जोशी, युवा व्यवसायी रमेशसिह पुजारा, युवा समाजसेवी रामसिह पुजारा लगायत खेलप्रेमीहरुको उपस्थितिमा उद्घाटन गरिएको जनाईएको छ।

No description available.

प्रतियोगिताको उपाधी जित्नेलाई १० हजारसहित मेडल/ट्रफि, उपबिजेतालाई ५ हजारसहित मेडल/ट्रफि, तृतीय हुनेलाई २ हजार ५ सय प्रदान गरिने कार्यबहाक अध्यक्ष चन्दले बताउनुभयो।

No description available.

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!