बैतडीमा ग्याँस लिक भएर हुने आगलागी रोक्न सिकाईदैं

बैतडी: सशस्त्र प्रहरी बल नेपालको ५१ नम्बर गुल्मले ग्याँस सिलिण्डर लिक भएर हुने आगलागी नियन्त्रण गर्न सिकाइरहेको छ। गुल्मको विज्ञ टोलीले जिल्लाका सर्वाजनिक स्थानहरुमा गएर नागरिकहरुलाई यसबारेमा सचेत गरिरहेको हो। अहिलेको समयमा दुर्गम जिल्ला तथा ग्रामिण क्षेत्रहरुमा समेत खाना पकाउने एलपी ग्यासको प्रयोग बढ्दै गएको छ। ग्याँस लिक भएर भएका आगलागीने थुप्रै घटना समेत हुने कुरालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सचेतना अभियान चलाइरहेको हो।

सशस्त प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक जंगबहादुर कुँवरले बताउनुभयो। जिल्ला विपद व्यवसथपन संगको समुन्वयमा सशस्त्र प्रहरीको तालिमप्राप्त टोलिले उक्त कुरा सिकाइरहेको उहाँले बताउनुभयो। यस संगै सशस्त्र प्रहरीले आम नागरिकलाई सबैप्रकारका विपद तथा प्रकोपहरुको बारेमा समेत सचेत गर्ने गरेको छ।

बुधबार मात्र जिल्ला प्रशासन कार्यालय अगाडीको गढी चोकमा आगलागी नियन्त्रणको अभ्यास गरिएको थियो।

Leave A Reply

Your email address will not be published.