बैतडी-बैतडीमा महामारी व्यवस्थापनका लागी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको मेलौली नगरपालिकामा महामारी व्यवस्थापनका परिचालन सम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत मोहन सिंह भाटले बताउनुभयो ।
भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै कार्यक्रम सम्पन्न भएको भाटले बताउनुभयो ।
उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्य चौकी प्रमुख र आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरु नगर तथा वडा स्तरीय जनप्रतिनिधि, स्थानीय तहका सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखहरुलाई झोला र छाता समेत वितरण गरिएको थियो ।