बैतडी : मेलौलीमा सञ्चालन भएको एमएस कप सिजन–२ को च्याम्पीयन शिवनाथ स्पोर्ट बनेको छ। शुक्रबार भएको फाईनल खेलमा शिवनाथ स्पोर्ट च्याम्पीयन बनेको हो।
मेलौली वारियर्ससगं भएको फाईनल खेलमा शिवनाथ स्पोर्टले जित हासिल गरेको संयोजक नारद ओझाले जानकारी दिनुभयो। च्याम्पीयन बनेको शिवनाथ स्पोर्टले ५५ हजार ५५५ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ। उप-बिजेत बनेको मेलौली वारियर्सले २५ हजार ५५५ सहित ट्रफि र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई समेत पुरुस्कृत गरिएको संयोजक ओझाले बताउनुभयो। बगलेखानका दिपक जोशी बेष्ट याट्सम्यान चयन भएका छन। उनले २ हजार २५५ रुपैया प्राप्त गरेका छन। शिवनाथ स्पोर्टका रघुबिर साउद बेष्ट बलर र प्लेयर अफ द टुनामेन्ट बनेको छन। उनले ३ हजार ५५५ रुपैया पुरुस्कार पाउनुभएको जनाईएको छ।
मेलौली स्टाईकरको आयोजनामा मेलौली नगरपालिकाको खेलमैदान बिठन्नेमा खुल्ला टि-२० टेनिस बल क्रिकेट प्रतियोगिता (एमएस कप सिजन २) असोज १८ गतेदेखी सुरु भएको थियो। प्रतियोगितामा २० टिम सहभागि भएका थिए।
मेलौली नगरपालिकाका नि-वर्तमान नगर प्रमुख कृष्ण सिंह नायक र ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्दको उपस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको जनाईएको छ।