भारतीय बजार झुलघाटमा नेपाली ग्राहकको घुइँचो

बैतडी –बैतडीसँग जोडिएको भारतीय बजार झुलाघाटमा नेपाली ग्राहकको घुइँचो लागेको छ । तिहारको समाग्री किन्नका लागि नेपाली ग्राहकहरु भारतीय बजार झुलाघाटमा पुग्ने गरेका हुन् ।

गएको केही दिन यतादेखि भारतीय बजार झुलाघाटमा नेपाली ग्राहक बढेका व्यापारीहरुले बताएका छन् । तिहारका लागि आवश्यक सामग्री खरीद गर्नका लागि नेपाली ग्राहकहरु भारतीय बजार झुलाघाट पुग्ने गरेका हुन् ।तिहारमा आवश्यक पर्ने सामग्रीहरु भारतीय बजारमा सस्तो पाइने भएकाले आफूहरु सामग्री किन्न झुलाघाट पुगेको बैतडीका स्थानीय प्रकाश लुहारले बताए ।

अरु बेला सुनसान जस्तै देखिने झुलाघाट बजारमा हिजोआज व्यापारीहरुलाई भ्याइनभ्याइ भएको छ । नेपाली ग्राहकमा निर्भर रहेको भारतीय बजार झुलाघाटमा तिहारको समयमा चहलपहल बढेको छ । अन्य समयमा खासै चहलपहल नभएपनि तिहारको समयमा झुलाघाट ग्राहकको संख्या बढ्ने गरेको भारतीय पत्रकार प्रेमप्रकाश भट्टले बताए ।

तिहारको सामग्री किन्नका लागि आजभोलि दैनिक सैयौं ग्राहक भारतीय बजार झुलाघाटमा पुग्ने गरेका उनले बताए ।

Leave A Reply

Your email address will not be published.