बैतडी–बैतडीका प्रसिद्ध धार्मिक स्थल शिवनाथ धाममा यही कात्तिक ११ र१२ गते जात्रा लाग्ने भएको छ ।
गाउँपालिकाको वडा न ६ स्थित शिवनाथ धाममा कात्तिक ११ र १२ गते जात्रा लाग्दैछ । सो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गरेको छ ।
शिवनाथ मन्दिरको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । यो जात्रामा छालाको भकुण्डो खेल्ने चलन समेत रही आएको छ ।
शिवनाथ धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।