बैतडीमा बाल बिवाह अन्त्य लागि मिडिया संवाद कार्यक्रम

बैतडी-दलित समाज विकास मञ्च बैतडीले बाल बिवाह अन्तका लागि मिडिया संवाद गरेको छ । बुधबार मेलौली नगरपालिका बैतडीमा मञ्चले मिडिया संवाद कार्यक्रम गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बलदेव बडु,मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द भुकम्प र दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपाली मुख्य वक्ता रहेको मिडिया संवादमा किशोरीहरुले जिल्लामा व्याप्त बाल बिवाह, जातीय विभेद र लैङ्गिक हिंसा न्युनिकरणका सन्दर्भमा प्रश्न गरेका थिए ।

वक्ताका रुपमा बहस कार्यक्रममा सहभागी भएका सरोकारवाला निकायका व्यक्तिहरुले बालबिवाह न्युुनिकरण र अन्त्यका लागि आफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने बताएका छन्। प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बालबिवाहका मुद्धाहरुमा उचित छानवीन र कारवाही गरिने बताउनुभयो ।बालबिवाह सबै ठाउँमा हुने गरेको तर कसैलाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्ने प्रश्नमा पौडेलले भने,“हरेक कारवाही प्रक्रिया अघि बढाउन उजुरी आउनुपर्ने हुन्छ ।बालबिवाहका उजुरी प्राप्त भएमा सबै उजुरीहरुमा उचित ढंगले कारवाही प्रक्रिया थाल्छौँ र दोसीलाई कारवाहीको दायरामा ल्याउछौँ ।”

दलित समाज विकास मञ्च बैतडीद्वारा संचालित बाल बिवाह अन्तका लागि छिटो मिलन कार्यक्रम अन्तर्गत मिडिया संवाद गरिएको संस्थाका सचिव बलभद्र दयालले बताउनुभयो ।

संस्थाले उक्त कार्यक्रम अन्तर्गत जिल्लाका दुई वटा पालिकाहरुका बाल बिवाह, जातीय विभेद र लैङ्गिक हिंसा नियन्त्रणका लागि काम गरिरहेको उहाँको भनाई छ ।कार्यक्रममा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले यस्ता संवाद एवं बहसहरुले समाजमा रहेका हानिकारक प्रचलन हटाउन मदत्त पुग्ने बताउनुभयो ।

कम उमेरमा मागी बिवाह र प्रेम बिवाह जताततै हुने गरेकाले बालबिवाह अन्त्य गर्नमा सम्पुर्ण सरोकारवालाहरुले सहयोग गर्नुपर्ने कार्यक्रम संयोजक सुरेश सेरालाले बताउनुभयो ।

बैतडी जिल्लामा बालबिवाहको अन्त्य गर्न सबै सरोकारवाला निकायले सक्रियता बढाउनुपर्ने अधिकारकर्मी सरस्वती नेपालीले बताइन् ।

संवादमा किशोरीहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको प्रमुख वक्ताहरुले जवाफ दिएका थिए।

Leave A Reply

Your email address will not be published.