सकियो प्रसिद्ध शिवनाथ जात्रा: “गिर” खेल्नेहरुको उत्सुकतामा भने कमी

बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिवनाथ देवालयको मन्दिरमा लागेको जात्रा (शिवनाथकि जाँत) सम्पन्न भएको छ। हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडी) र अष्टमीका दिन लाग्ने (दिउसेडि) मेला आज सम्पन्न भएको मेला ब्यवस्थापन समिति अध्यक्ष हिकमत सिह धनाडीले जानकारी दिनुभयो।

मेला शान्त, सभ्य, भव्य र मर्यादीत तवरले सम्पन्न भएको जनाईएको छ। मेलामा दर्शन र पुजापाठ गर्न नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु पुगेका मेला व्यवस्थापन समिति सचिव तपेन्द्रसिह धनाडीले बताउनुभयो।

मेलामा शिवनाथ र पञ्चेश्वरबाट देउराहरु आएको जनाईएको छ। स्थानिय भाषामा (शिवनाथकि जाँत) भनेर चिनिने मेलाको रौनकता र मौलिकतामा भने कमि आएको मशसुस गरिएको छ। मेलामा देखिने गरेको पहिले–पहिलेको जस्तो रौनक भने नरहेको मेलामा भेटिएको दर्शनार्थीहरुले बताए। आजभोलीका मेलामा मान्छेहरुको उपस्थिति र मौलिकता घटेको स्थानिय सस्कृतिका जानकारहरुको भनाई रहेको छ।

पहिलेका मेलामा स्थानिय स्तरमै उत्पादन भएका बिभिन्न समानहरु, फलफुलहरु,खानेकुराहरु देख्न र किन्न पाईन्थ्यो तर आजभोली कतिकतै बाहेक देखिनै छोडेको मेलामा भेटिएका बुढापाकाको भनाई रहेको छ। कहिकतै फाटफुट देखिए पनि तिनिहरुको खासै कारोबार समेत नहुने गरेका उहाँहरुले बताउनुभयो।

मेलामा खेलिने भकुण्डो (स्थानिय भाषामा गिर भनेर चिनिने) खेल्नमा मान्छेहरुको उत्सुकता पनि घटेको पाइएको छ। गिर खेल्ने भन्दापनि हेर्नमा रुचि राख्नेको सख्या अत्याधिक रहेको थियो। पहिलेको तुलनामा मेलाको रौनकतामा कमि आएको महसुस गरिएको बताईएको छ।

यसैगरी मेलामा लगाउने पुराना दिनको पहिरनमा पनि कमि आएको छ। आधुनिक जमानाका कपडाको तिब्र बिकासका कारण पुराना दिनको पहिरनमा समेत कमि आएको सहजै देख्न सकिन्थ्यो। मेलामा देखिने स्थानिय खानाका परिकारहरुमा पनि कमि आएको छ। स्थानिय भाषामा माडा, छाच हालेको चोतो, सेल पुरी जस्ता परिकारको पनि प्रयोग÷सेवनमा निकै कमि आएको छ। जङफुड, चाना, चाउचाउ, चाउमिन र दालभात मेलामै पाईन थालेपछि स्थानिय परिकारहरु लोप हुन थालेको बृद्धबृद्धाहरुको भनाई रहेको छ।

पछिल्लो समयका मेलाहरुमा सुदूरको मौलिक संस्कृतिभित्र पर्ने देउडामा पनि कमि आएको देखिन्छ। देउडा खेल्नेको अभाव र बढ्दो प्रबिधिको विकासका कारण देउडाको रौनकतामा कमि आएको स्थानीय संस्कृतिका जानकारहरुको भनाई रहेको छ।

मेला शान्त मर्यादित तवरले सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई मेला ब्यस्थापन समितिले हार्दिक धन्यबाद ज्ञापन गरेको छ। मेलाको आम्दानी र खर्च विवरण भने सार्वजनीक गर्न बाकि रहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!