बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार गर्ने एक पक्राउ, अन्यको खोजी हुदै

बैशाख २०, मंगलबार२०७९

बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकामा वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरी नियन्त्रण लिएका छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीका अनुसार खुकुरी प्रहार गर्ने अजित साउँदलाई नियन्त्रणमा लिएको हो । समुहमा रहेका अन्यको पनि खोजी भइरहेको जोशीले बताए ।
सेमबार राती करिब साढे १० बजेको समयमा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार भएको थियो । आफ्नै घरबाट पल्लो घरजाने क्रममा उनिमाथी मरणासन्न हुनेगरी खुकुरी प्रहार गरी कुटपिट गरिएको थियो ।
घाईते साउँदलाई धनगढी रेफर गरिएको छ ।
स्टार बुलेटिनबाट…….

Leave A Reply

Your email address will not be published.