बैतडी– शिवनाथ धाममा लागेको मेलाबाट फर्किने क्रममा बैतडीको मेलौली नगरपालिका- ७ स्वाखानीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। भने चार जना घाइते भएका छन् ।
गएराती से १ ज ७३२ नम्बरको बालेरो जीप दुर्घटनामा हुँदा मेलौली नगरपालिका- २ दुर्गास्थाना स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर बल्देब बडुले बताउनुभयो ।
उनकाे उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो । घाइते हुनेमा जीप चालक दरशथचन्द नगरपालिका- ७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली नगरपालिका– २ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका ३४ वर्षीय छोरा हरि पाण्डेय र अर्का छोरा २८ वर्षीय ओमप्रकास पाण्डेय रहेका छन् ।
जीप चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका रहेको इन्सपेक्टर बडुले बताउनुभयो । घाइते गाडी चालक जनकराज बडु बाहेक अन्य तीन जनाको अवस्था सामान्य मध्यम रहेको बुझिएको छ ।
चालक बडुको टाउकोमा चोड छ। घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको छ । जीप सडकबाट करिब १० मिटर तल खसेको इन्सपेक्टर बडुले बताउनुभयो । दुर्घघनाको कारणबारे अनुसन्धान भइरहेको उहाँको भनाई छ ।