बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका –७ ढाँणकी ५८ बर्षीया हरुली कार्कीको भीरबाट लडेर मृत्यु भएको हो।
बुधबार सोही वडाको न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा कार्कीको भीरबाट लडेर मृत्यु भएको स्थानीय बमबहादुर कार्कीले बताउनुभयो। बुधबार दिउँसो ४ बजेतिर कार्की भीरबाट लडेकी र खोजी गर्दै जाँदा बेलुकी ६ बजेतिर भीरभन्दा एक सय मिटर तल उनको शव फेला परेको बताइएको छ।
मृतक कार्कीका छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेकाले उनी आएपछि आज अन्त्येष्टी गर्ने तयारी रहेको छ। मृतक कार्कीका श्रीमान पहिला नै बितिसकेका र उनी एक्लै घरमा बस्दै आएकी थिइन्।
मृतक कार्कीका एक जना छोरा रहेका र उनी सशस्त्र प्रहरीको जागीरमा रहेका बुझिएको छ। कार्कीको भीरबाट लडेर मृत्यु भएपछि ढाँण गाउँ शोकमा डुबेको छ।