बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–११ नागार्जुन समि निवासी हुन रिना लुहार। सानैमा आमाबुवा गुमाईन। निकै सर्घष गर्दागर्दै अहिले सफलताको सिढीमा छिन।
१० वर्षकै कलिलो उमेरमा जीवनको यात्रा अन्धकारले ढाकिएकी रिना अहिले २४ वर्षकी भईन। स्नातक तह तेस्रो वर्षमा विरेन्द्र मावि साहिलेकमा स्वास्थ्य संकायमा अध्यनरत रिनाका एक दिदि, दुई बहिनी र एक भाई छन्।
आमा कस्तुरा लुहारको निधन पश्चात ७ महिना नबित्दै बुवा चामुराम लुहारको निधन भएपछि ५ भाबहिनीको बिचल्ली भयो। भत्कीने अवस्थामा रहेको केहि महिनामा भत्कीएपछि खाने बस्ने समस्या हुँदा फुपुको केहिदिन घरमा बस्नुपरेको रिनाले मेलौली खबरसगंको कुराकानीमा भनिन्।
फपुको घरमा बसेको केहि समयपछि ठुल बुवा नैन लुहारको घरमा बसेको रिनाले सम्झीन्। खान लाउन निकै समस्या भएपछि दिदिसगं रिनाले गाउँमा अरुको घरमा काम गरेर भाई बहिनीको पेट भर्ने गरेको बताउनुभयो।
दिन वित्दै जाँदा विद्यालयको फी तिर्न समेत धौधौ पर्नथाल्यो। रिनाले ढुंगा, गिट्टी तोडेर र झुलाघाटबाट पसलको सामान बोकेर विद्यालय र खाना खर्च चलाउने गरेको बताईन। ठुलबुवाको घरमा केहि समयपछि मनमुटाब हुन थालेपछि आफ्नै घरमा बस्न थालियो। दिनपतिदिन खान लाउन समस्या हुदै दैनिकि कमजोर हुदौ गाया। चिसोको समयमा जाडो छल्न अर्काको घरमा घासँ दाउँरा गरेर उनीहरुले दिएका पुराना लुगाले जाडो छल्नुपर्थो। सानो बहिनी र भाईलाई के खुवाउने भन्ने चिन्ता हुन्थ्यो। आमाबुवा गुमाउनको पिडा मैले महसुस गरेकी छु मैले, जुन पिडा मैले भोगे त्यो त्यो पिडा अरु कसैले भोन्नु नपरोस्। उनले भनिन्।
कसैले बाटोमा फालेका र खोला किनारमा राखेका जुता चप्पल ल्याउने गरेको रिनाले बताईन। शनिबारको दिन दिदिसगं झुलाघाट नाकाबाट पसलेहरुको सामान बोकेर घर खर्च चलाउने रिना अहिले दलित विकास मंच बैतडीकी सदस्य भएर काम गररिाखेकी छिन। आफु जस्ता टुहुरा बालबालीकाहरुले आफ्नो जस्तो अवस्था भोग्नु नपरोस भनेर आफु सामाजिक क्षेत्रमा लागेकी छिन।
बेला बेलामा आउने मेला पर्वले आमाबुवो न्यास्रो लाग्ने गरेको रिनाले बताईन। आफु सफलताको बाटोमा हिड्दा आमाबुवाको याद खुबै आउने गरेको बताईन।
रिना भन्छिन्, जसको कोही हुदैन उसको भगवान हुन्छ।, अहिले उनका भाई नेपाल प्रहरीमा कार्यरत छन्। दिदिको बिहे भइसक्यो। अब उनिहरु हासीँ खुसी जिवन विताइरहेका छन्।