बैतडीको शिवनाथमा मेलौलीका रावत मृत अवस्थामा फेला

बैतडीको शिवनाथमा एकजना मृत अवस्थामा फेला परेका छन। मेलौली नगरपालिका–०७ पचकोराका ५५ बर्षिय भिमसिह रावत आज मृत अवस्थामा फेला परेका हुन।

बुधबार शिवनाथ धाममा लागेको मेला हेर्न गएका रावत बिहीबार दिउँसो करिब १ः४० बजेको समयमा शिवनाथ गाउँपालिका–०६ को ओल्या बनमा मृत अवस्थामा फेला परेका हुन। सडकबाट करिब ५०० मिटर तल रावतलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो।

दिउसेडी मेला हेर्न गएका रावत आज बिहान १० बजेसम्म परिवारको सम्पर्कमा नआएपछि प्रहरी चौकी सुल्लेखानमा खबर गरिएको थियो। मृतककी श्रीमति हरुदेबि रावतले खोजि गरिदिन भनेर निवेदन दिएपछि प्रहरी चौकी सुल्लेखानबाट प्रहरीको टोलि खटिएको थियो।

अहिले घटनास्थलको मुचुल्का उठाउने काम भईरहेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीको जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!