बैतडी– बैतडीको शिवनाथ धाममा लागेको मेलाबाट फर्कदैँ गरेको जिप जीप बुधबार राति दुर्घटनामा परेको थियो ।
मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राति ११ बजेतिर से १ ज ७३२ नम्बरको जिप दुर्घटना हुँदा मेलौली नगरपालिका–२ दुर्गास्थान, स्याडीकी २४ बर्षीया तुलसी पाण्डेयको मृत्यु भएको हो ।
दुर्घटनामा परी जिप चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडू, मेलौली नगरपालिका– २ का तुलसीका ससुरा ६५ वर्षीय डम्बर पाण्डेय, उनका ३४ वर्षीय छोरा हरि पाण्डेय र अर्का छोरा २८ वर्षीय ओमप्रकास पाण्डेय घाइते भएका छन् ।
जीप चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका रहेको थिए । घाइते मध्ये चालक जनकराज बडूको टाउकोमा चोट रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
तुलसीको कलिलो उमेरमै गाडी दुर्घछनामा परेर निधन भएपछि स्याडी गाउँ शोकमा डुबेको छ ।
मृतक पाण्डेयको पाँच महिना अघि मात्रै बिवाह भएको थियो ।घरकी कान्छी बुहारीको मृत्युपछि परिवार स्तब्ध बनेको छ ।