बैतडी : मेलौली नगरपालिका–०१ देहिमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्रा (देहिजाँत) सुरु हुन ४ दिन मात्र बाकि रहेको छ। यहि कार्तिक १८ र १९ गतेका दिन दुईदिन लाग्ने मेला हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ।
बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मेलौली भगवती मन्दिरमा बलि सहितको भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।
मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।