बैतडीको पञ्चेश्वर गाउँपालिकाका दुई वडामा नेपाली नेटवर्कले काम नगर्दा समस्या हुने गरेको छ।
हिउँदयाम सुरुभएसगैं वडा न २ र ४ मा नेपाली नेटवर्कले काम नगर्दा स्थानीयरुलाई समस्या समस्या हुने गरेको छ। गाउँपालिकाको अन्य वडाका केहिकेहि ठाउँमा मात्र समस्या भएपनि वडा न २ र ४ मा बढि समस्या हुने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता जनक बहादुर चन्दले बताउनुभयो। बर्खायाममा खासै समस्या नभएपनि हिउँदयाम सुरुभएसगैं नेपाली नेटवर्कले काम गर्न छोड्ने उहाँले बताउनुभयो।
दिनभरी घाम लागेको दिन बिहान १० बजेदेखि साझ ४–५ बजेसम्म बल्लतल्ल नेटकर्वले काम गर्ने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का स्थानीय दिलिप चन्दले बताउनुभयो। वर्षौदेखीको यो समस्याले सञ्चार सम्पर्क गर्न अप्ठयारो हुने गरेको उहाँले बताउनुभयो।
नेटवर्क नहुँदा वडाको कामकाज गर्न समेत समस्या हुने गरेको वडाध्यक्ष एवं प्रवक्ता चन्दले जानकारी दिनुभयो। पालिकाको कार्यालयमा नेटवर्कले काम गर्ने गरेको भएपनि वडा कार्यालयमा नेटवर्कले काम नगर्ने वडा न २ का वडाध्यक्ष बिर बहादुर चन्दले जानकारी दिनुभयो।
पञ्चेश्वरको धुरामा टावर बन्नको लागी ठेक्का सम्झौता भएको भएपनि ठेकेदार सम्पर्कमा नभएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो। ठेकेदारले डिबिसी मात्र गरेको र बाकि काम नगर्दा समस्या भएको गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिनुभयो। नेटवर्कको समस्या समाधानका लागि ठेकेदार लगायत अन्य सम्बन्धीत निकायसगं पहल भईरहेको उहाँले बताउनुभयो।
आमचौरा, कैनपानी, बिनायक, जंगलताडा नोला, खुर्कुट्या, बज्वागडा, मतियारी लगायतका क्षेत्रमा भारतीय नेटवर्कले काम गर्दा सञ्चार सम्पर्क हुने गरेको स्थानीयहरुले बताएका छन। यसैगरी गाउँपालिकाको वाड न १ मा रहेको टावरलाई रुखले छेकेको अवस्था रहेको छ। बनबाट अनुमति लिई रुख काटेर नेटवर्कको समस्या समाधान गरिने वडाध्यक्ष देवानीराम सार्कीले बताउनुभयो।