बैतडीको मेलौली नगरपालिका–७ का सडकहरु सफाई गरिदैं

बैतडी : मेलौली नगरपालिका–०७ का सडकहरु सफाई गरिदैं छ। नगरपालिकाको आर्थिक स्रोतबाट सडकहरु सफाई गरिन लागेको हो।

प्रसिद्ध मेलौली जात्रा (देहिजाँत) को सहजताका लागि सडकहरु सफाई गरिन लागेको वडाध्यक्ष रामचन्द्र भट्टले जानकारी दिनुभयो। बिहीबार स्वाखानी पचकोरा सडकखण्ड र आज स्वाखानी नेत्रज्योती सडकखण्ड सफाई हुन लागेको वडाध्यक्ष भट्टले बताउनुभयो।

सडकहरु सफाई गर्न जेसिब चालक (अपरेटर) सगै वडाध्यक्ष भट्ट आफै खटिनुभएको छ। सडक सफा गर्नुपर्ने समय पनि भएको र मेलौली जात्राको लागि धेरै जना आउ-जाउ गर्ने भएकाले सडक सफाई गरिन लागेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो।

वडा कार्यालयको कुर्सिमा बसिरहनुभन्दा फिल्डमै खटिएर काम गर्दा आनन्द आउने गरेको समेत वडाध्यक्ष भट्टले बताउनुभयो। वडाध्यक्ष भट्ट यस्ता कार्यमा अधिकांश खटिन रुचाउने बताईएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!