बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका ४ मा चितुवाको आतंक फैलिएको छ । सैलोडा देखी आमचौरा, नोला, बिनायक, सन्नमुनि, जंगलतडा क्षेत्रमा असोज महिना देखी चितुवाको त्रास फैलिएको छ ।
हाल सम्म यि क्षेत्रमा १ गाईको बच्चा लगायत १३ बाख्रा खाएको वडा न. ४ का स्थानिय ललित चन्दले बताउनुभयो । असोजमा ४ र कार्तिकमा ९ बाख्रा र कार्तिकमै एक गाइको बाच्चा खाएको छ भने एक गोरुलाई घाइते पारेको उहाँले बताउनुभयो । उहाँ आफ्नो घर जंगलमा भएका कारण बच्चाको सुरक्षामा चुनौती थपिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “नोला र सन्नमुनि जंगल भएको कारण गाई गोरु बाख्राको डर भन्दा पनि बच्चाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता बढेको छ “
चितुवाको आक्रमण बाट बच्नको लागी सार्वजनिक रुपमा र व्यक्तिगत रुपमा समेत गतविगत वर्ष देखी आमजनता समक्ष जानकारी गराउने गरेको हल्दु बिनायक प्रहरी चौकीका प्रमुख महेश सिंह भण्डारीले बताउनुभयो । हरेक वर्ष हिउँद शुरु भएसंगै पञ्चेश्वरका केहि क्षेत्रमा घना जंगल भएका कारण चितुवाको आतकं फैलिने उहाँको भनाई छ ।