नेकपा एमाले बैतडीले लोकतन्त्रको रक्षाका लागि जागरण सभा गर्ने

नेकपा एमाले बैतडीमा जागरण सभा गर्ने भएको छ।

आज बसेको जिल्ला कमिटिको आठौं बैठकले लोकतन्त्रको रक्षाका लागि यही कार्तिक २९ गते जिल्ला सदरमुकाममा जागरण सभाको आयोजना गर्ने निर्णय गरेको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए।

जागरण सभाका लागि १० ओटै स्थानीय तहमा पालिकास्तरीय बैठक गर्ने निर्णय भएको उपाध्यक्ष भण्डारीले बताए। लोकतन्त्रको रक्षा, आपसी सदभाव र संविधानको रक्षाका लागि जागरण सभाको आयोजना गर्ने तयारी भएको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताए।

बैठकमा एमालेका केन्द्रीय सदस्यद्वय लिलाधर भट्ट र दामोदर भण्डारी, एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी, जिल्ला कमिटिका पदाधिकारी तथा अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.