बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेलामा ४० बढि प्रहरी परिचालन गरिने भएको छ। मेलामा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरिन लागेको हो।
मेलौली धार्मिक सेवा समितिले मेलामा शान्ति सुरक्षा कायम गरिदिन पत्रचार गरेको र सोहि अनुसार सुरक्षा योजना बनाएको ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्दले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयबाट र ईलाका प्रहरी कार्यालय मेलौलीबाट सुरक्षा योजना बनाएको जानकारी दिनुभयो।
मेलामा आउने देउराहरु लगायत मेलौली काडाँ बजार, हरिपुर बजार, जिरोपोईन्ट र मन्दिर परिसर लगायत आवश्यक ठाँउमा सुरक्षा ब्यवस्था मिलाईने बताईएको छ। मन्दिर परिसरमा पनि प्रहरी क्याम्प समेत सञ्चालन गरिने जनाईएको छ।
ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज चन्दले श्रद्धालु भक्तजनहरुलाई सभ्य रुपले मेलामा आउन आग्रह गर्नुभएको छ। आफ्ना गर-गहना, मोबायल र पैसा लगायतका समानहरुको जतन गर्न समेत आग्रह गर्नुभएको छ।
यसैगरी गाडि चालकहरुलाई सिट क्षमताभन्दा बढि यात्रु नबोक्न, मापसे र लापसे गरि नचलाउन, मोटरसाईकलमा ३४ जना नचढन्, नगर बसपार्कमा गाडीहरु पार्किक गर्न, मेलामा रक्सी सेवन गरि होहल्ला नगर्न प्रहरीले आग्रह गरेको छ। मेलामा केहि समस्या भए प्रहरी, स्वयंमसेवक, मेला व्यवस्थापन र मेलौली धार्मिक सेवा समितिलाई सम्पर्क गर्न आग्रह गरिएको छ।